Like us!
Follow us!
Connect us!
Watch us!

शाओमीद्वारा डी.एस्.ए स्कुलमा शैक्षिक सामग्री वितरण

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, ०८ : ०५ मा प्रकाशित

शाओमीद्वारा डी.एस्.ए स्कुलमा शैक्षिक सामग्री वितरण

शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना  विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक श्री दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरेका थिए।

शाओमीले आफू संचालनमा रहेको समुदायको सेवका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको छ । शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीहरुलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरे पश्चात डिएसएका विद्यार्थीहरुका मिठामिठा गीत÷संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।

शैक्षिक सामग्री वितरणका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी सदैव आफू संचालन रहेको समुदायको सेवाका लागि तयार छौं । व्यवसाय गर्नुका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौं । आगामी दिनहरुमा पनि हामी समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्नेछौं ।मलाई विश्वास छ कि हाम्रा साना सहयोगहरुले निकट भविष्यमा सकरात्मक परिणामहरु उत्पन्न गर्नेछ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको