Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक लिमिटेडले दियो विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, १० : ०२ मा प्रकाशित

प्रभु बैंक लिमिटेडले दियो विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

प्रभु बैंकलेसोमबार सिन्धुपाल्चोक जिल्ला स्थित तेर्षे माध्यामिक, श्री मेन्द्र माध्यामिक र श्री पाल्चोक माध्यामिकर भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ माअध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधानकार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिलप्राप्त गरेका छन् । 

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनकालागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा िवभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराईएको थियो  । 

उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्षविभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

  आगामी दिनहरुमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्नवित्तीयसाक्षरताअभिवृद्विगर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयतहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको