Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायाे २ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्री होला त ?

अर्थ संसार

मंगलबार, १० चैत्र २०७७, ११ : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायाे २ कम्पनीको सेयर लिलामीमा, यसपटक बिक्री होला त ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर पटक-पटक लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिरहेकाे छ । यसअघि बिक्री नभएपछि बैंकले फेरि आज (चैत्र १० गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ६१ हजार ३ सय ६६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । नागरिक लगानी कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ५ सय ४० रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ६६ रूपैयाँ ताेकिएकाे छ ।

उक्त सेयरमा लगानीकर्ताले आज (चैत्र १० गते, मंगलबार) बाट चैत्र १८ गते, बुधसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

605987d31c09e.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको