Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार दोहोरो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

अर्थ संसार

बुधबार, ११ चैत्र २०७७, १५ : २८ मा प्रकाशित

सेयर बजार दोहोरो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मालामाल

आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेको छ । नेप्से परिसूचक २५७०.२५ बिन्दुमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ७.०६ अंकले बढेर ४५५.९५ अंकमा पुगेको छ  आज हाइड्रोपावर समूह बाहेक अन्य सबै उपसमूहमा चकम देखिएको छ ।

सेयर बजारमा चमक देखिँदा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । त्यस्तै, ६ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा सेयरमूल्य बढेको छ ।

त्यसैगरी क्रमश: हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, आरएसडीसी लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । 

605b0a0ece338.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको