नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त सभा मध्यपुर थिमि भक्तपुरमा बिहना ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा नयाँ संचालक समिती गठन गर्ने, हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने र विविध प्रस्तावहरु उपर छलफल भएर पारित गर्ने एजेण्डा तय गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस