Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले बोलायो साधारणसभा, हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १० : १२ मा प्रकाशित

विजय लघुवित्तले बोलायो साधारणसभा, हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने

विजय लघुवित्त वित्तीय संस्थाले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २६ गतेका लागि १७ औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

उक्त सभा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा दिउसो १ बजेदेखि सुरु हुने छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । त्यस्तै विजय लघुवित्त वित्तीय संस्था लि. को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सो सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने छ ।

यस्तै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व. ०८२/८३ को लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तथा सेवा सुविधा बारेमा निर्णय गर्ने । त्यस्तै संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्ति जानकारी गराउने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने छ ।

विशेष प्रस्तावका रुपमा नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति बमोजिम साविक विजय लघुवित्त वित्तीय संस्था लिमिटेड तर्फको संस्थापक सेयरधनीहरुको नाममा कायम रहेको संस्थापक सेयरमध्ये एकीकृत संस्थाको कुल चुक्ता पुँजीको ९.२२ प्रतिशतले हुने संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने, नियामक निकायको स्वीकृति प्राप्त भएको अवस्थामा मात्र जारी गर्ने गरी प्रचलित कानुन तथा व्यवस्थाको अधिनमा रही सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तत्काल कायम रहेको चुक्ता पुँजी रू. ७९,१७,२२,०५९ (अक्षरेपि उनासी करोड सत्र लाख बाईस हजार उनन्साठी रुपैयाँ मात्र) को १ः१ को अनुपातमा रू. ७९,१७,२२,०५९ (अक्षरेपि उनासी करोड सत्र लाख बाईस हजार उनन्साठी रुपैयाँ मात्र ) बराबरको प्रति कित्ता रू. १०० (अक्षरेपि एकसय मात्र) को ७९, १७, २२०.५९ (उनासी लाख सत्र हजार दुई सय विस दशमलब पाँच नौ) कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृत प्रदान गर्ने । साथै उक्त कार्यको लागि सम्बन्धित निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम फेरबदल वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने सम्बन्धमा । वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न निर्देशन दिएमा सोही अनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको