दोर्दी खोला जलविद्युत कम्पनीको विशेष साधारणसभा असार ९ गतेका लागि आह्वान गरिएको छ । यस अघि असार १ गतेका लागि बोलाएको साधारणसभा गणपुरक संख्या नपुगे पछि स्थगित भएको थियो ।
कम्पनीको असार १ गते नै बसेको सञ्चालक समितिको बैठकले आगामी असार ९ गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा हिमहिखर पार्टी भेन्यु, चापागाउँ ललितपुरमा बिहान ९ बजेदेखि सुरु हुने छ ।
विशेष साधारण सभामा भाग लिन इच्छुक सेयरधनीहरुले आफ्नो परिचय पत्र (सरकारी कार्यालयबाट जारी भएको) वा सेयर अभौतिकीकरण गरेको व्यक्ति नै देखिने हितग्राही खाताको विवरण खुल्ने प्रमाण अनिवार्य रुपमा साथमा लिई सभामा भाग लिन कम्पनीले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस