Like us!
Follow us!
Connect us!
Watch us!

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

अर्थ संसार

विहीबार, १२ चैत्र २०७७, १५ : ५२ मा प्रकाशित

जर्मनीबाट एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको जर्मनस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ ।

साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पुर्याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको