Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयर थपियो, कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, १४ चैत्र २०७७, १० : ०७ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयर थपियो, कुनको कति कित्ता ?

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको सेयर थपिएको छ । नेप्सेका अनुसार यस साता ४ कम्पनीको एक करोड १४ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा यस साता वोमी लघुवित्त, बुटवल पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स र सनराइज बैंकको सेयर सूचीकृत भएको हो । 

वोमी लघुवित्त
आइतबार वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो । 

बुटवल पावर कम्पनी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार नेप्सेमा बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस बापत २६ लाख ७४ हजार ७८७ कित्ता सेयर सूचीकृत भएको छ ।    

नेशनल लाईफ इन्स्योरेन्स 
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस वापतको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत गराएको हो । 

सनराइज बैंक 
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बिहिबार सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको ५.८० प्रतिशत बोनसवापतको ५२ लाख एक हजार ३३०.६३ कित्ता सेयर सूचीकृत भएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको