Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चन्द्रागिरी हिल्सको ओरालो यात्रा सुरु

अर्थ संसार

सोमबार, १६ चैत्र २०७७, ११ : ११ मा प्रकाशित

नेप्सेमा चन्द्रागिरी हिल्सको ओरालो यात्रा सुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको सेयरमूल्य आज (चैत्र १६ गते, सोमबार) भने ओरालो लागेको छ ।

आज (चैत्र १६ गते, सोमबार) काे प्रिसेसन काराेबारमा ४.९५ प्रतिशतले बढेकाे कम्पनीकाे सेयरमूल्य काराेबार सुरूवात भएकाे केही मिनेटमै ओरालो लागेको छ । नियमित काराेबार सुरू भएकाे ५ मिनेट भित्रमै कम्पनीकाे सेयरमूल्य ४.०४ प्रतिशतले घटेर एक हजार ९ सय ९५ पुगेकाे थियाे । याे समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ३९ रूपैयाँले घटेर २ हजार ४० रूपैयाँमा काराेबार भइरहेकाे छ भने कम्पनीकाे सेयरमा ९ हजार भन्दा धेरैकाे माग देखिँदा ५ हजार भन्दा धेरै लगानीकर्ता बेच्न तयार देखिन्छन् ।

माघ २५ गते एक ६१ रुपैयाँमा धितोपत्रको दोस्रो बजारमा कारोबार सुरू भएको कम्पनीको सेयर मूल्य गत बिहीबारसम्म निरन्तर बढिरहेको थियाे । 

कारोबारको २६ औँ दिनमा १ हजार रुपैयाँ पुगेको कम्पनीको सेयर मूल्य एक सातामै दोब्बर भएर २ हजार भन्दामाथि पुगेको थियाे । कम्पनीको सेयर हरेक दिन जसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको थियाे । 

 

 

 

60616749a5b90.PNG 60616749d1627.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको