Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १८ : ५४ मा प्रकाशित

सिटिजन लाइफको “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना कालदेखि नैजीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुंचमा पुर्याइ बीमाको सचेतना वढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेज हरुमा “विद्यार्थीसँग बीमा”कार्यक्रमगर्दै आइरहेको छ ।

कम्पनीका ब्रान्ड एम्बेस्डर श्रीमदन कृष्ण श्रेष्ठद्वारा उद्घघाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागी निकै नै सचेतना मुलक र लाभ्दायी देखिएको छ । यस कार्यक्रमले गाउँ–गाउँमा बीमा प्रति जनचेतना जगाउँन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।  

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४००विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९हजारगर्दै अहिले तेस्रो वर्षमा आइपुग्दाकरिब ४० वटा विद्यालय र कलेज गरी ७हजार २ सय भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धीज्ञान जस्तै बीमा के हो, बीमा किन जरुरी छ, यसबाट के कस्ता फाइदालिन सकिन्छ र यस्का अन्य सम्बन्धित सुरक्षा योजनाहरुको बारेमासचेत गराउन सफलभएको छ ।

कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

विद्यार्र्थीहरु सचेत हुँदा उनिहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्नेछन र बेला छँदै जीवन बीमा गरे बीमा शुल्कपनि कमहुने र सोही कम शुल्कले नै ठुलो जोखिम न्युनिकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजनानिर्माण गर्न आवश्यकपूंजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पुर्याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पुर्याएको छ । जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधनहो जसले फजुलखर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतीपूर्तिका माध्यम बाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।

साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्नकार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवाप्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

Citizen Life Insurance को आइपिओ कहिले ? Book building मा आउने सम्भावना छ? Poshak Raj Paudel, CEO

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको