Like us!
Follow us!
Connect us!
Watch us!

मेरो सेयरमा समस्या आउँदा लगानीकर्तालाई सास्ती, समाधान हुन अझै केहि दिन लाग्ने

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १२ : ०२ मा प्रकाशित

मेरो सेयरमा समस्या आउँदा लगानीकर्तालाई सास्ती, समाधान हुन अझै केहि दिन लाग्ने

केहि दिन यतादेखि मेरो सेयरमा बारम्बार समस्या आइरहेको छ । जसले गर्दा लगानीकर्ताहरुले ठूलो सास्ती बेहोर्नुपरेको छ । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)का अनुसार मेरो सेयरको स्तरोन्नति भइरहेकोले यस्तो समस्या देखिएको हो । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् भने नयाँ लगानीकर्ता दिनहुँ थपिरहेका छन् । जसले गर्दा सिस्टममा लोड पर्न गर्न बारम्बार समस्या देखिएको हो ।

सो समस्या समाधानको लागि स्तरोन्नतिको कार्य भइरहेको सिडिएससीले जनाएको छ  । सिडिएससीका अनुसार स्तरोन्नतिको काम अझै केहि दिन चल्ने हुँदा समय समयमा मेरो सेयर नखुल्ने तथा लग आउट हुने जस्ता समस्याहरु आउनेछ । 

यसैबीच, आजबाट रुरु जलविद्युत् परियोजना लिमिटेडको प्राथमिक सेयर आईपीओ बजारमा आएको छ ।  मेरो सेयरमा समस्या आउँदा लगानीकर्ताहरुलाई आईपीओमा आवेदन दिन हम्मेहम्मे परेको छ ।

6066b75da5ac0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको