Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका लगानीकर्ताले ८ वर्षमै कमाए २९ गुणा, यस्तो छ लाभांश इतिहास !

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १३ : १७ मा प्रकाशित

एनआईसी एशिया बैंकका लगानीकर्ताले ८ वर्षमै कमाए २९ गुणा, यस्तो छ लाभांश इतिहास !

उत्कृष्ट प्रतिफल दिने वाणिज्य बैंकहरुको सूचीमा एनआईसी एशिया बैंक पनि रहेको छ । बैंकले आफ्ना लगानीकर्ताहरुलाई हरेको वर्ष नयाँ प्रतिफल प्रदान गर्दै आइरहेको छ । सुरूवातदेखि नै बैंकले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँइरहेको छ ।

बैंकमा आजभन्दा ८ वर्ष अगाडी १० हजार लगानी गरेका लगानीकर्ताले करिब २ लाख ९० हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । यो नाफा २९ गुणा धेरै हो । सो अवधिमा १०० कित्ता लगानी गर्ने लगानीकर्ताको सेयर बढेर ३२५ कित्ता पुगेको छ । अहिलेसम्मको रेसियो हेर्दा लगानीकर्ताले लगानीको वार्षिक ३ सय प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेको देखिन्छ ।

 यस्ताे छ  एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६९/७०

आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७०/७१ 

आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३९ प्रतिशत बाेनस र २.०५ प्रतिशत नगद गरि कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ 

आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३७ प्रतिशत नगद गरि कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५

आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७

 आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २०प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको