Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अर्थ संसार

शनिबार, २१ चैत्र २०७७, १३ : २० मा प्रकाशित

आईएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । 

साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गर्नेछ । 

सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६२ करोड पुग्ने छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त लाभांश पनि पारित गरिनेछ ।

WACC/EDIS गर्नै पर्ने हो? सिस्टमको धोका,लगानीकर्ता मारमा किन? Purna Psd Acharya,CEO, CDS & Clearing

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको