नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । संस्थाले ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति कम्पनी, संघ, संस्थाहरुले चैत ३१ गतेबाट २०७८ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६ सय रुपैयाँ तोकिएको छ । त्यसैले आवेदन पेश गर्दा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ ।
उक्त सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस