Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको बोनस सेयरधनीको खातामा जम्मा

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १३ : २३ मा प्रकाशित

पोखरा फाइनान्सको बोनस सेयरधनीको खातामा जम्मा

पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।

कम्पनीको पौष २९ गते सम्पन्न २४औं वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७६/७७ को ५ प्रतिशत बोनस सेयर बुकक्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

साथै सो मिति पश्चात  सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयरधनीको सम्बन्धित हितग्राही उक्त सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गराउन पनि संस्थाले आग्रह गरेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

606abedce6424.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको