Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा महँगो सेयर भएको युनिलिभर नेपालको कस्तो छ १० वर्षको लाभांश इतिहास ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १४ : ३१ मा प्रकाशित

सबैभन्दा महँगो सेयर भएको युनिलिभर नेपालको कस्तो छ १० वर्षको लाभांश इतिहास ?

युनिलिभर नेपाल लिमिटेड सेयर बजारमा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो । नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको सेयरमूल्य अहिले प्रतिकित्ता २० हजार भन्दा माथी छ ।

कम्पनीले सुरूवाती चरणदेखि नै आफ्ना लगानीकर्ताहरूलाई आकर्षक नगद लाभांश दिँदै आइरहेको छ । कम्पनीले १० आर्थिक वर्षसम्ममा आफ्ना लगानीकर्ताहरूलाई ७ हजार ७ सय ४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । जसमध्ये, कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा धेरै अर्थात् एक हजार २ सय ७० प्रतिशत नगद लाभांश  वितरण गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा थोरै अर्थात् एक सय प्रतिशत नगद लाभांश  वितरण गरेको छ ।

कम्पनीले सँधै नगद लाभांश मात्रै वितरण गर्छ । हालसम्म कम्पनीले बाेनस सेयर भने वितरण गरेकाे छैन ।

हालसम्म कम्पनीले नगद लाभांशको रूपमा आफ्ना लगानीकर्ताहरूलाई ७७ हजार ४ सय रूपैयाँ वितरण गरिसकेको छ । कम्पनीको सेयरमा हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताहरूको सेयरमूल्य अहिले बढेर २ लाख भन्दा माथी पुगेको छ ।

यस्तो छ युनिलिभर नेपाल लिमिटेडको १० वर्षको नगद लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ९९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको