Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणदर बढ्दो, परिक्षण गरिएकामध्ये ५.८६ प्रतिशतलाई संक्रमण

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १६ : ५६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणदर बढ्दो, परिक्षण गरिएकामध्ये ५.८६ प्रतिशतलाई संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमणदरको ग्राफ पुन: उकालो लाग्न थालेको छ  । पछिल्लो २४ घण्टामा नेपालमा एकैपटक थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको ५.८६ प्रतिशत हो । आइतबार १७६ जना संक्रमित भेटिएका थिए ।  पछिल्लो २४ घन्टामा काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् । यसैबीच, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन्।  

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २१० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ जना निको भएका छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको