Like us!
Follow us!
Connect us!
Watch us!

अजोडको इन्साइडर ट्रेडिङबारे छानबिन हुने, तत्काल हकप्रद निष्काशन गर्न नपाउने

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १८ : ११ मा प्रकाशित

अजोडको इन्साइडर ट्रेडिङबारे छानबिन हुने, तत्काल हकप्रद निष्काशन गर्न नपाउने

अजोडको इन्स्योरेन्स कम्पनीको सेयरमा भएको भनिएको इन्साइडर ट्रेडिङको छानबिन हुने भएको छ । नियमक निकाय नेपाल धितोपत्र बोर्डले यसको अनुसन्धानका लागि अनसुन्धान समिती बनाउन लागेको हो । 

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार बोर्डले लगानीकर्ताहरुको निबेदन आएसंगै  यो बिषयमा सुष्म अध्ययन गरेको र तथ्य पत्ता लगाउनका लागि समितीको आवश्यकता देखि बोर्डका निर्देशकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिती गठन गरिएको  छ । 

गत सोमबार अजोड इन्स्योरेन्सकोे सेयरको माग बजारमा एकाएक बढेको थियो । मंगलबार मात्र कम्पनीले साधारणसभामा ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव लैजाने सूचना सञ्चार माध्यममार्फत बाहिरिएको थियो । 

कम्पनीको आधिकारी निर्णय बाहिर आउनुपुर्ब नै कम्पनीको सेयरको माग र मूल्य आकासियको भन्दै केहि लगानीकर्ताहरुले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको भन्दै  धितोपत्र बोर्डमा उजुरी दिएका थिए । 

लगानीकर्ताको उजुरी पछि बोर्डद्धारा नेप्ससंग सोधपुछ गरिएकोमा नेप्सेले कारोबार विवरणमात्र पठाएकाले अब अध्ययनका लागि समिती नै गठन गरिएको बोर्डले जनाएको छ ।

त्यस्तै बिमा कम्पनीहरुको नियमक निकाय बिमा समितीले अजोड इन्स्योरेन्सले आईपिओ निष्काशन गरेको एक बर्ष पनि नपुगेकाले तत्काल हकप्रद निष्काशनको अनुमति नदिने जनाएको छ । तर अहिले सम्म बिमा कम्पनीहरुको हकप्रदको निवेदन बिमा समितीमा भने पुगेको छैन । 

आइपिओ निष्काशन गरेर पनि अहिले सम्म अजोडले लगानीकर्ताहरुलाई लाभांश नदिएकाले अजोडलाई हकप्रद सेयर निष्काशनको आवश्यकता नै नभएको राय दिएको छ । अब समितीले सोहि बमोजिमको पत्र अजोडलाई दिने छ ।   
 

606b1b2075435.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको