Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको साधारण सभा प्रस्तावमा परिमार्जन

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, ०८ : १५ मा प्रकाशित

अजोड इन्स्योरेन्सको साधारण सभा प्रस्तावमा परिमार्जन

हकप्रद सेयरको प्रस्ताव हटाउदै, अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको सूचना फेरि प्रकाशन गरेको छ।  

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीकाे चैत्र २५ गतेआकस्मिक बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको हो । 

कम्पनीले गत मंगलबार (चैत्र १७ गते) ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे थियाे । तर याे हकप्रदकाे सूचना बाहिरिनु भन्दा अगावै कम्पनीकाे आक्रामक काराेबार भइरहेकाे थियाे । साेही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले छानबिन समिती गठन गरेकाे थियाे ।

कम्पनीको तेस्रो वार्षिक साधारणसभा सभा वैशाख ७ गते मंगलबार, वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हल त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने गत आर्थिक वर्षको तेस्रो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २४ गतेदेखि वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको