Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, २९ साउन २०७८, १५ : ३८ मा प्रकाशित

अजोड इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ४९.७५ प्रतिशतले बढेर ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ४७.५१ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४४ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ८८ करोड ४३ लाख १७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ८ लाख ८९ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा ११ करोड ७ हजार रुपैयाँ र महाबिपत्ति कोषमा १ करोड ९९ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ १ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ८५.४ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको