Like us!
Follow us!
Connect us!
Watch us!

१३ प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, ०७ : ४९ मा प्रकाशित

१३ प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि आएको छ ।

समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.९० प्रतिशतले बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि ९.१४ प्रतिशतले बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ८० करोड ८६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख २३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाबिपत्ति कोषमा १ करोड ७ लाख २० हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ८०.४५ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको