Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर सहित यी प्रस्तावहरु पारित हुने

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, ०६ : १६ मा प्रकाशित

अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर सहित यी प्रस्तावहरु पारित हुने

अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुने छ ।

सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने छ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंशिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियाे यसर्थ मंशिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ । 

प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको थियो । अब मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति समेत भएको थियो । 

प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको  स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको