अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट डाकेको हो ।
सभाले अजोड इन्स्योरेन्स कम्पनी प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्ने छ । त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंशिर २ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ मंशिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् । तर कम्पनी मर्जर प्रक्रियामा भएकाले हाल दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का छ ।
प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको थियो । अब मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति समेत भएको थियो ।
प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस