Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नो नाम नै नरहने गरि अजोड इन्स्यो‍‍रेन्सले गर्यो प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता

अर्थ संसार

शनिबार, ३२ असार २०७९, २२ : २५ मा प्रकाशित

आफ्नो नाम नै नरहने गरि अजोड इन्स्यो‍‍रेन्सले गर्यो प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता

अजोड इन्स्यो‍‍रेन्सको नाम नै नरहने गरि कम्पनीले प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ। मर्जर मर्जर पश्चात् बन्ने कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने सहमति गरिएको छ। 

शनिबार एक कार्यक्रमका बिच  प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका संचालक  चिरन्जीबी द्वाले  सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। 

प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जाने सम्झौता भएको छ।  अब मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा अजोडका अध्यक्ष अजाद श्रेष्ठ हुने र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति भएको छ। 

प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको  स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।।

बीमा समितिले जेठ २३ गते सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई २०७९ आषाढ मसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० आषाढ मसान्त सम्म पूरा गर्न आव्हान गरेको थियो ।

आषाढ मसान्त सम्म मर्जरमा जाने कम्पनीलाई छुटको व्यवस्था गरेको छ। सूचनामा सेयरधनीले आफ्नो सेयर मर्जरको मितिले २ वर्षसम्म विक्रीवितरण गर्दा बिक्री गरिएको सेयरमा पूँजीगत लाभ कर नलाग्ने, सेयरधनीलाई वितरण गरेको लाभांस कर नलाग्ने साथै कर्मचारीको अवकाशमा कर छुट दिने कुरा उल्लेख गरेको थियो । बीमा समितिले तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ आषाढ मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने जनाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको