सांगिला डेभलपमेण्ट बैंकका सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले चैत्र २३ गते लैनचौर ब्याङ्क्वेटमा भौतिक तथा जुम प्रविधि मार्फत साधारण सभा सम्पन्न गरेको हो ।
उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम डेभलपमेण्ट बैंकको चुक्ता पूँजी २ अर्ब ६०करोड ६६ लाख ४० हजार बराबरको ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रायोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम ६८ लाख ५९ हजार ५८० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी, आ.व २०७६/७७ को वित्तिय विवरण पारित तथा आ. व २०७७/७८ को लागि लेखा परिक्षक नियुक्ति लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस