सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस