Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्ससहित ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १३ : ३५ मा प्रकाशित

चन्द्रागिरी हिल्ससहित ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

आज बुधबार पनि सेयर बजारमा रौनकता देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ५ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज चन्द्रागिरी हिल्स लिमिटेड, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ  ।

चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५ सय ७८ पुगेको छ त्यसैगरी, एनआईसी एशिया लघुवित्तको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर १२ सय ७८ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १३.१७ अंकले बढेर २६८७.६३ को बिन्दुमा पुगेको छ त्यस्तै, सेन्सेटिभ परिसूचक ३.९२ अंकले ब्नाधेर ४८०.१० अंकमा पुगेको छ ।

606d64a01c14d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको