Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजार संवेदनशिल बजार हो,यसलाई सानो कुराले पनि प्रभावित पार्न सक्छः भिष्मराज ढुंगाना

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १४ : १० मा प्रकाशित

पुँजी बजार संवेदनशिल बजार हो,यसलाई सानो कुराले पनि प्रभावित पार्न सक्छः भिष्मराज ढुंगाना

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार भनेको एकदमै संवेदनशिल बजार भएकाले यसलाई साना साना कुराहरुले पनि प्रभावित पार्न सक्ने बताएका छन् । 

मर्चेन्ट बैंकिङ ऐसोसियसनको आयोजनामा हिजो मंगलबार काठमांडौमा सम्पन्न भएको पुँजी बजारमा आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सेयर बजार एकदमै संवेदनशिल बजार भएकाले यसका बारेमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरु एकदमै संवेदनशिल भएर बिषयबस्तुको गाम्भिर्यता बुँझेरमात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताएका हुन् ।

ढुंगानाले सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुको लागि सबैभन्दा ठुलो सम्पती भनेको सूचना रहेको बताएका छन् । सहि सूचनाका आधारमा बजारमा लगानी गर्न सकेमा त्यसबाट लगानीकर्ताले राम्रो मुनाफा कमाउन सक्ने उनको तर्क छ । 

सोहि कार्यक्रममा बोल्दै सिडीएससी का प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले अबको केहि दिन भित्रै मेरो सेयरमा आइरहेको समस्या समाधान हुने बताएका छन् । अघिल्लो बर्षको तुलनामा यो बर्षमा आईपिओमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या अत्याधिक बढेका कारण मेरो सेयरको सिस्टममा लोड पर्दा बेला बेलामा समस्या आउने गरेको उनको तर्क छ । 

अब यो समस्या दिर्घकालिन रुपमा समाधान गर्नका लागि अहिले मेरो सेयरमा थप २ वटा नयाँ सर्भरहरु जडान भइसकेका छन् नयाँ सर्भर जडान हुँदा डाटा ट्रान्सफरको कामहरु भइरहेकाले साताभरी नै मेरो सेयरमा समस्या आएको स्विकार्दै उनले अब आगामी दिनमा यस्तो समस्या नआउने बताए ।  
सेयर बजार एकअर्का संग अन्तरसम्बन्धित भएकाले कतिपय अवस्थामा अन्य क्षेत्रको गल्तीको दोस समेत आफुुहरुले पाउने गरेको आचार्यको गुनासो छ । कतिपय अवस्थामा इन्टरनेटका कारण मेरो सेयर नचल्दा समेत लगानीकर्ताहरुले सिडीएससी संग नै गुनासो गर्ने गरेको बताउछन् उनि । 

सोहि कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउदले अहिले नेप्सेले इन्ट्रा डे ट्रेडिङ सुरु गर्ने सम्बन्धमा अध्ययन अनुसन्धानको काम भइरहेको बताएका छन् । 

साउदले नेपालको सेयर बजार अहिलेको अवस्थामा पुग्नका लागि अनलाईन कारोबार प्रणली कोसेढुंगा साबित भएको बताएका छन् । कतिपयले नेपालको अनलाईन कारोबार प्रणाली अन्तराष्ट्रियस्तरको नभएको बताइरहँदा साँवदले भने नेपालको अनलाईन प्रणाली अन्ताराष्ट्रियस्तरको भन्दा पनि सामान्य लगानीकर्ताहरुले पनि सञ्चालन गर्न सक्ने गरि विकास गरिएको बताए । 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक कार्यकारी र्निदेशक रुपेश केसी तथा नेपाल मर्चेन्ट बैंकिङ एसोसियसनका महासचिव पारसमणी ढकालले बुक बिल्डिङ सम्बन्धी ऐन नियन तथा निष्कासन प्रक्रिया सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रम नेपाल मर्चेन्ट बैंकिङ एसोसियसनले नेपाल आर्थिक पत्रकार संघ(नाफिज) संगको सहकार्यमा गरेको थियो । कार्यक्रममा बोल्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले आगामी दिनहरुमा पनि एसोसियसन संगको सहकार्यमा आर्थिक पत्रकारको क्षमता अविबृद्धिका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको