Like us!
Follow us!
Connect us!
Watch us!

समग्र नाईहरुको व्यावसायिक विकासमा अब प्राइम बैंंकको साथ

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १७ : ०४ मा प्रकाशित

समग्र नाईहरुको व्यावसायिक विकासमा अब प्राइम बैंंकको साथ

प्राइम कमर्सियल बैंक लिमिटेडले नेपालका नाईहरुको व्यावसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई ट्रेड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

गएको फागुन २६ मा भएको यस समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुन् । 

बैंकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरु पनि प्रदान गर्ने जनाएको छ । समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ ।

व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका २ जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ । 

सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले २ वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि ५ लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउने बैंकले जनाएको छ । डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु.आर. कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे वापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार रु. ५ थप गरिदिनेछ । यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी रु. ५० हजारदेखि २ लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको