Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, १७ जेठ २०८०, १० : १५ मा प्रकाशित

प्राइम बैंकको लिलामी सेयर भर्ने आज अन्तिम माैका

प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक सेयरहरूमा आवेदन दिने आज जेठ १७ गते अन्तिम दिन रहेकाे छ । बैंकले ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

मूल्य कति ?

उक्त सेयरकाे न्यूनतम मूल्य एक सय ३० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बैंककाे सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको