Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो अजोड इन्स्योरेन्सको हकप्रद प्रस्ताव स्थगन ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १२ : ०० मा प्रकाशित

किन भयो अजोड इन्स्योरेन्सको हकप्रद प्रस्ताव स्थगन ?

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गरेकाे छ ।

कम्पनीले बीमा समितिको निर्देशन पछि कम्पनीकाे हिजाे (चैत्र २५ गते, बुधबार) आकस्मिक बसेकाे सञ्चालक समितिकाे बैठकले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव हाललाई स्थगन गरेको हो । 

कम्पनीले गत मंगलबार (चैत्र १७ गते) ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आफ्नो तेस्रो वार्षिक साधारण सभा आह्वान गरेकाे थियाे । तर याे हकप्रदकाे सूचना बाहिरिनु भन्दा अगावै कम्पनीकाे आक्रामक काराेबार भइरहेकाे थियाे । साेही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले छानबिन समिती गठन गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
606e9d36f1405.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको