Like us!
Follow us!
Connect us!
Watch us!

अब ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने, यस्तो छ तयारी

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १४ : ४६ मा प्रकाशित

अब ‘मेरो सेयर’को पासवर्ड आफैं रिसेट गर्न सकिने, यस्तो छ तयारी

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ । अहिले 'मेरो सेयर' सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले अर्थसंसार डट कमलाई जानकारी दिए । 

उनका अनुसार 'मेरो सेयर' सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो  प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ । 

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ । यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए । यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको