Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १६ : २७ मा प्रकाशित

१० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले  १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असाेज २६ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (चैत्र ३० गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (चैत्र ३१ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

6072d3eda7cf6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको