Like us!
Follow us!
Connect us!
Watch us!

विश्व ट्रेड युनियन महासंघको केन्द्रीय कमिटीमा खनाल निर्वाचित

बुधबार, ०३ कार्तिक २०७३, १२ : ०२ मा प्रकाशित

विश्व ट्रेड युनियन महासंघको केन्द्रीय कमिटीमा खनाल निर्वाचित

अर्थ संसार
काठमाडौ–विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व टे«ड युनियन महासङ्घ (डव्लएफटियु) को साउथ अफ्रिकाको डरवानमा हालै सम्पन्न १७ औं अधिवेशनबाट प्रेसीडेन्सीयल काउन्सिल (केन्द्रीय कमिटी) सदस्यमा पेशागत महासङ्घ नेपाल (कोनेप) का बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल निर्वाचित भएका छन् । 

विश्वका ११२ देशका १ हजार ५ सय प्रतिनिधिले भाग लिएको उक्त सम्मेलनमा नेपालबाट पेसागत महासङघ नेपाल लगायत ८ टे«ड युनियन महासङ्घबाट ४० जना प्रतिनिधिले भाग लिएका थिए । नेपालका पेसागत महासङ्घ नेपाल (कोनेप), नेपाल टे«ड युनियन फेड्रेसन (एनटियुएफ) नेपाल राष्ट्रिय कर्र्मचारी महासङ्घ ( नेफोन) नेपाल प्रगतिशिल ट्रेड युनियन  महासङ्घ  (फिनेपट), अखिल नेपाल ट्रेड युनियन महासङ्घ (आन्टुक), नेपाल समावेशी ट्रेड युनियन महासङ्घ (एनआईटियुफ), राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ (एनडिफोनट) र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ ( एनडिकोन्ट) उक्त  महासङ्घमा आबद्ध  छन ।

अधिवेसनले साउथ अफ्रिकाका माईकलाई अध्यक्षमा तथा गिस एथेनसका जर्ज मयाभृकोजलाई आगामी ५ बर्षका लागि महासचिव पदमा निर्वाचित गरेको छ । केन्द्रीय कमिटीमा ९ जना उपाध्यक्ष, ५ जना उपमहासचिव  र ५ सदस्यीय फिनानसियल कन्ट्रोल कमिटी (आर्थिक नियन्त्रण कमिटी) पनि गठन गरेको छ ।

उक्त आर्थिक नियन्त्रण कमिटीको सदस्यमा नेपालबाट राष्ट्रिय कर्मचारी महासङ्घ (नेफोन) का अध्यक्ष मोहनमान स्वांर निर्वाचित भएका छन् । विश्व ट्रेड युनियन महासङ्घको स्थापना सन् १९४५ अक्टोवर ३ मा फ्रान्सको राजधानी पेरिसमा भएको हो । यस महासङ्घमा १० वटा विषयगत अन्तराष्ट्रिय केन्द्रहरु (कृषि, होटल तथा  पर्यटन, सार्वजनिक सेवा, खानी तथा धातु, बैंक, बिमा, तथा बित्तीय क्षेत्र, पेन्सनर एण्ड रिटायर्ड, शिक्षक, प्राध्यापक, उर्जा, यातायात  र निर्माण क्षेत्र) मा कार्यरत श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्रहरु आबद्ध छन् । यस महासङ्घमा विश्वका ९ करोड २० लाख श्रमिक आबद्ध रहेका छन ।

अधिवेशनले आगामी ५ बर्षभित्र १० करोड सदस्य पु¥याउने गरी संगठन बिस्तारको अभियान संचालन गर्ने, युवा र महिला केन्द्रित गतिविधिहरुलाई सञ्चालन गर्ने, नयाँ नयाँ क्षेत्रमा विषयगत अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र बनाउने, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), विश्व खाद्य संगठन, युनेस्को, र विश्व स्वास्थ्य संगठनमा  कन्सल्टेटिभ सदस्यको हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको