साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंकले बढेर २५९६.९९ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै यो सेसनमा २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.२५ अंकले बढेर ४५२.७१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका ९७० कित्ता सेयर ५१ पटक खरिद बिक्री हुँदा ८ लाख २३ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस