Like us!
Follow us!
Connect us!
Watch us!

कृषि सडक निर्माणमा भ्रष्टाचार - वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १० : ५० मा प्रकाशित

कृषि सडक निर्माणमा भ्रष्टाचार - वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा

सप्तरीको महादेवा गाउँपालिका–२ मा कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै कृषि विकास निर्देशनालय नक्टाझिझ, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झा, कृषि अर्थ विज्ञ–योजना प्रमुख विकासकुमार साह र लेखा अधिकृत (छैटौं) चक्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

यसैगरी, महादेवा–२ का वडाध्यक्ष जगदिश मण्डल, कृषि सडक निर्माण उपभोक्ता समिति कजौलीका अध्यक्ष हरिनारायण यादव, सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव, निर्देशनालयका परामर्शदाता संस्था किरु इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र सोका प्रोप्राइटर हरिशकुमार सिंहमाथि पनि मुद्दा चलाइएको छ।

अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा बदनियतपूर्वक थोरै मात्र काम सम्पन्न गरी नापी किताबमा बढी काम गरेको देखाएर करिब ६ लाख ९० हजार रुपैयाँ बढी भुक्तानी लिएको पाइएको हो। यसरी गैरकानुनी रूपमा सरकारी रकम हिनामिना गरेको ठहर गर्दै सबै विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको