Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोको साधारणसभा आह्वान, लगानीकर्तालाई खाली हात

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, ०९ : १५ मा प्रकाशित

घलेम्दी हाइड्रोको साधारणसभा आह्वान, लगानीकर्तालाई खाली हात

घलेम्दी हाइड्रो लिमिटेडले आफ्नो सातौं साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले बैशाख २३ गते काठमाडौँको पक्नाजोल स्थित होटेल मुनलाइटमा भर्चुअल माध्यमबाट हुने गरि आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षको आर्थिक वर्ष ७६/७७ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख १६ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

6073beab65855.png 6073beaba0124.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको