Like us!
Follow us!
Connect us!
Watch us!

२१ वटा वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन बैंकको कति छ व्याज ?

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १६ : ४१ मा प्रकाशित

२१ वटा वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन बैंकको कति छ व्याज ?

यस वर्षको अन्तिम दिन आज चैत्र ३१ गते, मंगलबार विभिन्न २१ वटा वाणिज्य बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यी सबै बैंकहरूले वैशाख १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर प्रकाशन गरेका हुन् । आज सार्वजनिक भएको २१ वटा वाणिज्य बैंकहरूको व्याजदर नियाल्दा कुनै बैंकहरूको व्याजदर घटेको छ भने केही बैंकहरूको व्याजदर बढेको छ ।

हेर्नुस् कुन बैंकको कति व्याज ?

१. नबिल बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम १.५१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६.५१ प्रतिशतसम्म कायम गरेको छ ।

२. नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक)

बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

३. ग्लोबल आईएमई बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

४. एनएमबि बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

५. नेपाल बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

६. कुमारी बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २.५३ प्रतिशतदेखि ४.५३ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६.५०  प्रतिशतदेखि ७.५३ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

७. प्रभु बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

८. सनराइज बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

९. प्राइम कमर्सियल बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ७.५०  प्रतिशतदेखि अधिकतम ८.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१०. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

११. बैंक अफ काठमाण्डू लिमिटेड

बैंकले बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ४.६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१२. मेगा बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकको मुद्दति निक्षेपको व्याजदर ६.७५ प्रतिशत तोकिएको छ ।

१३. सिद्धार्थ बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६.५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१४. माछापुच्छ्रे बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१५. हिमालयन बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१६. एभरेष्ट बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१७. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१८. कृषि विकास बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.७५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

१९. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड

बैंकले बचत खातामा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४.७५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

२०. नेपाल एसबीआई बैंक लिमिटेड

बैंकले बचत खातामा ३ प्रतिशत व्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

२१. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

 बैंकले बचत खातामा न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको