Like us!
Follow us!
Connect us!
Watch us!

भौतिक पुर्वाधार मन्त्रालयकै बित्तीय प्रगति आधामात्र

पत्रपत्रिका

शुक्रबार, ०३ बैशाख २०७८, १२ : ०९ मा प्रकाशित

भौतिक पुर्वाधार मन्त्रालयकै बित्तीय प्रगति आधामात्र

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोश्रो चौमासिकसम्म ४० अर्ब १४ करोड ८० लाख खर्च गरेको छ । जुन चालु आर्थिक वर्षको मन्त्रालयको कुल बजेटको ५९ प्रतिशत वित्तीय प्रगति हो । मन्त्रालयका अनुसार भौतिक प्रगति पनि आधामात्र गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयलाई १ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा चालु खर्चमा १२ अर्ब ९९ करोड ९२ लाख ६३ हजार र पुँजीगत तर्फ करिब १ खर्ब २५ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले प्रथम चौमासिकमा ३० प्रतिशत वित्तीय प्रगति गरेको थियो । तर, दोश्रो चौमासिकसम्म १ हजार किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको मन्त्रालयले आधा अर्थात् ५ सय ५० किलोमिटर मात्र नयाँ कालोपत्रे गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा कूल १८ सय किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।
ग्रावेल स्तरको सडक निर्माण १ हजार किलोमिटर लक्ष्य राखेकोमा चौमासिकसम्म ५ सय ४ किलोमिटर सडक ग्रावेल पूरा भएको जनाएको छ । मन्त्रालयले दोश्रो चौमासिकसम्म ६ सय ६० किलोमिटर सडक ग्रावेल गर्ने लक्ष्य राखेको थियो । त्यस्तै माटे सडक चालु आर्थिक वर्षमा ५ सय किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखेकोमा दोश्रो चौमासिकसम्म करिब आधा मात्र अर्थात २ सय ८४ किलोमिटर ग्रावेल स्तरको सडक निर्माण भएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा ३ सय ३४ किलोमिटर कालोपत्रे स्तरको सडक पुनःनिर्माण तथा तथा पुर्नस्थापना गर्ने लक्ष्य राखेकोमा ३ सय किलोमिटर पूरा भएको जनाएको छ । साथै, आवधिक मर्मततर्फ ७ सय २९ किलोमिटर लक्ष्य राखिएकोमा १ सय ८७ किमि सडक निर्माण भएको छ । पुनर्निर्माणतर्फ ३ सय सडक निर्माणको लक्ष्य राखिएकोमा १ सय २९ किमि सडक निर्माण भएको मन्त्रालयले जनाएको छ । यसैगरि, रेल ट्रयाक खोल्ने १७ किमि लक्ष्य यस आर्थिक वर्षमा राखिएकोमा ६ किमि ट्र्याक निर्माण भएको मन्त्रालयले जनाएको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९को लागि मन्त्रालयलाई १ खर्ब ४८ अर्बको रुपैयाँको बजेट सिलिङको सीमा छ । करिब १८ आयोजनालाई बजेट नै निक्र्योल गरी १ खर्ब १२ अर्बको रुपैयाँको (७६ प्रतिशत) इयरमार्क नै गरेर सिलिङ प्राप्त भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले बाँकी २४ प्रतिशत अर्थात ३६ अर्ब रुपैयाँको भित्र रहेर आवश्यक बजेटका कार्यक्रम छनोट गर्ने पनि जनाएको छ । 

यो समाचार आजको कारोबार दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको