Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला नियुक्त

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १४ : ०४ मा प्रकाशित

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला नियुक्त

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त भएक छन । हिजो बसेको बैंक संचालक समितिको बैठकले स्वतन्त्र सञ्चालक रहेका सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय कम्पनिले जनाएके छ ।

सिटौला यसअघि कृषि विकास बैंककमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ गतेसम्म कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । सिटौलाले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको