Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले ५० प्रतिशत हकप्रद दिन तोक्यो बुक क्लोज मिति

बुधबार, ०३ कार्तिक २०७३, १२ : २६ मा प्रकाशित

जनता बैंकले ५० प्रतिशत हकप्रद दिन तोक्यो बुक क्लोज मिति


अर्थ संसार
काठमाडौं–जनता बैंकले ५० प्रतिशत हकप्रद निश्काशन गर्न कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । बैंकको १० गतेसम्म सेयर किन्नेले हकप्रद सेयर आवेदन गर्न पाउनेछन् । बैंकले १ करोड ३ लाख कित्ता हकप्रद सेयर जारी गर्दै छ । बैंकको हकप्रदलाई धितोपत्र बोर्डले असोज १९ गते स्वीकृत गरेको थियो । 

यसअघि जनता बैंकले संस्थापक सेयरधनीलाई हकप्रद वापतको रकम अग्रिम रुपमा जम्मा गर्न कात्तिक १९ गतेसम्मको समय दिएको छ । 

जनता बैंकको हाल चूक्ता पूँजी २ अर्ब ६ करोड छ । हकप्रद वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्ने छ ।

58071cd2b200e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको