प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं बबरमहलमा रहेको बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरमा आज शुक्रबार देखि कारोबार सुरु भएको हो ।
अदालत परिसरमा आज बिहान १० बजे बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश प्रेमराज कार्किबाट एक समारोहका विच प्रभु बैंक लि. बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन भएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आफ्नो सेवाविस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरु लाई रकम जम्मा गर्न र बिशेष अदालतको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वितहुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा ATM, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवाप्रवाह गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस