Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा एकैदिन थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि !

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १७ : २८ मा प्रकाशित

नेपालमा एकैदिन थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि !

नेपालमा बितेको २४ घण्टामा ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

यस्तै बितेको पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी, थप २ सय ८ जना कोरोनामुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको