Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रगिरी हिल्सको नाफामा गिरावट, सेयर मूल्यमा कस्तो पर्ला असर ?

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, ०७ : १४ मा प्रकाशित

चन्द्रगिरी हिल्सको नाफामा गिरावट, सेयर मूल्यमा कस्तो पर्ला असर ?

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज सोमबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक देखिएको  छ।

चालु आर्थिक वर्षको चैत १८ गते सम्ममा कम्पनीले १८ करोड ११ लाख  रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । यो घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ करोड ९३ लाख रुपैयाँले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख  रुपैयाँ मात्र घाटामा थियो । कम्पनीको सञ्चालन मुनाफा घटेसंगै कम्पनीले व्यापक नोक्सानी व्यहोर्न परेको हो ।

यो अवधिमा कम्पनीको सञ्चालन मुनाफामा ब्यापक कमि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कम्पनीले १४ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा हाँसिल गरेकोमा यो बर्ष भने कम्पनीको सञ्चालन नोक्सानी २ करोड ८१ लाख रुपैयाँ छ । 

कम्पनीको चुक्ता पूँजी  १ अर्ब ५३ करोड रूपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड ८ लाख रूपैयाँ ऋणात्मक रहेको छ । चैत १८ गतेसम्ममा कम्पनीको इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेको छ ।   आइतबार अन्तिम कारोबार चन्द्रगिरी हिल्सको प्रतिकित्ता २४ सय ९ रुपैयाँमा कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको