Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १० : ३३ मा प्रकाशित

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार)  बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।  शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार मात्रै एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको