Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको वित्तीय विवरण प्रभाव : ओरालो लाग्दै सेयर मूल्य

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १३ : ४२ मा प्रकाशित

चन्द्रागिरी हिल्सको वित्तीय विवरण प्रभाव : ओरालो लाग्दै सेयर मूल्य

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज सोमबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक देखिएको  छ जसको प्रभाव आज कम्पनीको सेयर मूल्यमा देखिएको छ ।

कम्पनीको प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले यो चालु आर्थिक बर्षको चैत्र १८ गते सम्मा १८ करोड रुपैयाँ नोक्सानी व्यहोरी सकेको छ । कोरोनाका कारण पर्यटकीय क्षेत्रहरु प्रभावित हुँदा कम्पनी घाटामा गएको कम्पनी दाबि रहेता पनि कोरोनाकाल पुर्वपनी कम्पनी घाटामै रहेको थियो । 

कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ । यसको अर्थ अहिले कम्पनीका लगानीकर्ताहरुले प्रतिसेयर ११ रुपैया भन्दा बढि नोक्सानी व्यहोर्नुपरेको हो । 

कम्पनीको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित भएपछि आज कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आज यो समाचार तयार पार्दासम्म कम्पनी सर्वाधिक सेयर मूल्य घट्ने कम्पनीको शिर्ष स्थानमा छ । आज अहिले सम्म कम्पनीको सेयर मूल्य ८.५१ प्रतिशतले घटेको हो । 

कम्पनीको वित्तिय अवस्था भन्दा सेयर मूल्य धेरै नै उच्च रहेको भन्दै पहिल्यै देखि कम्पनीको सेयर कर्नरीङ भएको आशंका लगानीकर्ताहरुले व्यक्त गर्दै आइरहेका थिए ।

कम्पनीले जनाए अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीद्धारा सञ्चालित केबलकारमा औसतरुपमा दैनिक १४ सय जनाले यात्रा गरिरहेकाछन् भने रिसोर्टमा पनि औसतमा ४० प्रतिशत अक्युपेन्सी रहेको जनाएको छ । यस्तो अवस्थामा पनि कम्पनी  घाटामा गएको देखाइएको छ । 
 

607d3d1bd68a8.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको