Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, एकैदिन १२ सयभन्दा बढीमा संक्रमण

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १६ : ४४ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, एकैदिन १२ सयभन्दा बढीमा संक्रमण

नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेको छ  । पछिल्लो २४ घण्टामा १२ सयभन्दा  बढी संक्रमित थपिएका छन्  । सोमबार थप एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।  

बितेको २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परिक्षण गर्दा एक हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये, ७ हजार १ पिसिआर विधिबाट र ५ सय ४७ जनाको एन्टीजेनबाट परिक्षण गरिएको छ ।

यस्तै बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । एक हजार २ सय ८१ संक्रमित थपिँदा २ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको