Like us!
Follow us!
Connect us!
Watch us!

अडानले गर्यो  सर्वसम्मत रुपमा ४ जना उम्मेदवारहरुको घोषणा

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १८ : ११ मा प्रकाशित

अडानले गर्यो  सर्वसम्मत रुपमा ४ जना उम्मेदवारहरुको घोषणा

 नेपाल अडिटर्स एशोसिएसन (अडान) को आइतबार बसेको केन्द्रीय समितिको बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषदको निर्वाचनलाई ब्यवस्थित गर्न रजिष्र्टर्ड अडिटर्सहरुको तर्फबाट उम्मेदबार घोषणा गरेको छ ।

अडानको तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, उपमहासचिब भोलानाथ पाठक, सचिव शंकर ज्ञवाली र गण्डकी प्रदेश समितिका अध्यक्ष केशबहादुर केसीलाई सर्वसम्मतीले उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

साथै अडानले निर्णय गरेका ४ जना उम्मेदवारहरुलाई विजयी गराउन बरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलको संयोजकत्वमा सबै केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरु समेत रहेको ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको