Like us!
Follow us!
Connect us!
Watch us!

इन्जिनियरको सेयरबजार यात्राः इन्जिनियरिङ्ग पेशाबाट भन्दा सेयर बजारबाट धेरै कमाए

लगानीकर्ताको आवाज

विहीबार, ०९ बैशाख २०७८, ०८ : ०९ मा प्रकाशित

युवा अवस्थामै सेयरबजारमा प्रबेश गरेका रोहन कार्की पेशाले सिभिल इन्जिनीयर हुन् । मोरङमा बसेर ७ बर्ष देखि निरन्तर सेयरमा लगानी गर्दै आएका कार्कीले इन्जिनियरिङ्ग पेशाबाट भन्दा सेयरमा गरेको लगानीबाट बढि मुनाफा हासिल गरेको बताउछन् ।   

नेपालको सेयर बजार अहिले युवा अवस्थामा रहेकाले यो बेला कमाउन सक्ने प्रचुर संभावना छ तर संभावना हुँदा हुँदैपनी अध्ययन बिना हल्लाकै भरमा गरिने लगानीले भने केहि जोखिम बढ्न सक्ने भएकाले सुझबुझका साथ अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुपर्ने उनको तर्क छ ।

नेपालमा अहिले अनलाइन प्रविधीको विकास संगै कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा सेयर बजारमा आकर्षण बढेको बताउछन् उनि । बजारको साइकलमा बियरिस पछि बुलिस र बुलिस पछि बियरिस ट्रेन्ड आँउछ तर नेपाल अब पहिलेको जस्तो बियरिस ट्रेन्ड भने नआउने बताउछन् उनि । 

बियरिस ट्रेन्डमा कम्पनीको आधारभुत र प्राविकधिक पक्षहरुको बिश्लेषण गरेर लगानी गर्न सकेमा सबै लगानीकर्ताहरुले कमाउन सक्ने उनको तर्क छ । बिश्लेषण गरेर लगानी गर्नसकेमा कमाउन नसकेता पनि कहिल्यैपनि घाटा भने खान नपर्ने उनको तर्क छ । 

मोफसलमा बसेर लगानी गर्दा काठमांडौमा हुने हल्लाका बारेमा थाहा नहुने बताउछन् उनि । हल्लाका कारण क्षणिक मुनाफा हासिल गर्न सकेपनी दिर्घकालिन रुपमाभने त्यसले फाइदा नगर्ने उनको तर्क छ । 

अहिले केहिहद सम्म नेपालको सेयर बजारमा चलखेलको गन्ध आएको बताउदै उनि यो पुँजीबजारका लागि चिन्ताको बिषय रहेको बताउछन् । यस्तो चलखेलमा प्राय सधै नयाँ लगानीकर्ताहरु फस्ने भएकाले नयाँ लगानीकर्ताहरु सजग हुनुपर्ने उनको सुझाव छ । 

नयाँ लगानीकर्ताहरुले कुनै पनि कम्पनीमा लगानीगर्नु पुर्व कम्तिमा पनि कम्पनीको प्रतिसेयर आम्दानी,पिई रेसियो, कम्पनीको नेटवर्थ र कम्पनीको लाभांश इतिहास हेरेर लगानी गर्नसकेमा त्यो लगानी सुरक्षित हुने उनको तर्क छ । 

कतिपय हाल सम्म लाभाशंनै वितरण नगरेका कम्पनीहरुको पनि सेयर मूल्य उच्च भएको भन्दै उनले यो सेयरबजारमा चलखेल गर्ने खेलाडीका कारण भएको बताउछन् । बजारमा कम्पनीको मूल्य यति पुग्दैछ भनि हल्ला चलायर विभिन्न समूहरुले चलखेल गरिरहेको उनले बताए । 

उनै युवा लगानीकर्ता रोहन कार्कीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको